नेपाल क्रिकेट संघले दशैँ अगाडि नै नयाँ नेतृत्व पाउने, केन्द्रीय चुनावकाे तयारीमा स्वतन्त्र समिति

 साउन २६, २०७६ आइतबार १०:५६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा क्रिकेटको आधिकारिक निकाय पुन:स्थापना गर्नका लागि आईसीसीले दिएको रोडम्यापअनुसार एकपछि अर्को रुपमा नेपाल क्रिकेट संघ(क्यान) को मातहतमा रहेका जिल्ला संघहरुको चुनाव भइरहेको छ ।

यस्तैमा ३९ मध्ये ३८ जिल्लाको चुनाव सम्पन्न भएको छ । आईसीसीले गठन गरेको स्वतन्त्र समितिको निर्देशनअनुसार नै यतिबेला विवादित बनेका केही जिल्ला संघहरुको चुनाव सम्पन्न भएको छ । जसमध्ये केही जिल्लामा पुरानै अनुहार देखिएका छन भने केहीमा नयाँ अनुहार आएका छन । अब जिल्ला स्तरमा चुनाव हुन बाँकी काठमाण्डौ मात्र रहेको छ ।

यसका साथै प्रदेशस्तरीय चुनावको काम पनि अगाडि बढिसकेको छ । जसमा प्रदेश एक, चार, र सातको चुनाव सम्पन्न भइसकेको छ । प्रदेश सातको अध्यक्षमा हरि रेग्मी र गण्डकी प्रदेशको अध्यक्षतामा देवेन्द्र प्रजु निर्वाचित भइसकेका छन । यस्तैमा शनिबार भएको प्रदेश १ को चुनावले मिङ्मा डुन्डु शेर्पाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरेको छ । 

अब एक जिल्ला र तीन प्रदेशको निर्वाचन बाँकी रहेका बेला केन्द्रीय चुनाव दशैँ अगाडि हुने देखिएको छ । स्वतन्त्र समितिका सदस्य एलबी क्षेत्रीका अनुसार केन्द्रीय चुनावका लागि भदौको अन्तिम वा असोजको पहिलो साताको मितिको तयारी भइरहेको बताएका छन् । उनले भदौमा भएमा २८ र २९ वा असोजमा भए ३ र ४ गते क्यानको केन्द्रीय चुनाव गर्ने तयारी भएका बताए ।

पछिल्लो तीन वर्षदेखि निलम्बनमा रहेको क्रिकेट संघलाई फुकुवा गर्न यो केन्द्रीय चुनावले ठूलो भूमिका खेल्नेछ । जिल्ला प्रदेश र केन्द्रकाे चुनापपछि नेपाली क्रिकेटले नयाँ नेतृत्व पाउनेछ । यता यो प्रक्रिया पूरा भएपछि आईसीसीले पनि नेपाली क्रिकेटको निलम्बन फुकुवा गर्ने ठूलो सम्भावना रहेको छ । निर्वाचित नेतृत्वको पहिलो काम क्यानको निलम्ब र फुकुवा गर्नु नै हुनेछ ।

भटाभट एकपछि अर्को रुपमा जिल्ला र प्रदेश स्तरको चुनाव भैरहँदा स्वतन्त्र समितिले भदौ १५ गतेसम्म प्रदेश र जिल्लाको चुनाव सक्न मिति तोकेको थियो । त्यहीअनुसार काम पनि भैरहेकाे छ । 

स्वतन्त्र समितिले क्यानसँग रहेका २० जिल्लाको चुनावलाई मान्यता दिएको थियो । सात जिल्लामा पुनः चुनाव गर्नुपर्ने आदेश दिएको थियो । तर उनीहरुले नयाँ सदस्यता भने बाँड्न नपाउने बताइएको थियो । यस्तै ६ जिल्लालाई नयाँ सदस्यता दिएर चुनाव गर्न भनिएको थियो भने ६ जिल्लाहरुलाई फेरि एक मौका दिने भनिएको थियो ।

स्वतन्त्र समितिले वर्गीकरण गरेको जिल्लाहरु

चुनाव सदर मानिएका - बझाङ, बैतडी, अछाम, डडेल्धुरा, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, कपिलवस्तु, परासी, पाल्पा, कास्की, नवलपुर, रुपन्देही

सदस्यता नयाँ बाँड्न नपाउने गरी चुनाव गर्नुपर्ने जिल्ला - कैलाली, दाङ, चितवन, काठमाण्डाै, सप्तरी, चितवन, महोत्तरी र मोरङ

नयाँ सदस्यतासहित चुनाव गुर्नुपर्ने जिल्ला - ललितपुर, भक्तपुर, तनहुँ, उदयपुर, मकवानपुर, पर्सा

सदस्यता खारेज भए पनि मौका दिने भनिएका जिल्ला - भक्तपुर, ललितपुर, तनहुँ, उदयपुर, मकवानपुर र पर्सा

आईसीसीको निलम्बनमा परेपछि अभिभावकविहीन बनेको नेपाली क्रिकेट फेरि नयाँ मोडमा पुग्नेमा अब ठूलो आशा गरिएको छ । यसपटकको क्यानको नयाँ कार्यसमिति मात्र १७ जनाको हुनेछ । य

सअघि सबैलाई समेट्नुपर्छ भनेर जम्बो कार्यसमिति राखिने र गुट उपगुट हुने गरेकाे थियाे । नयाँ नेतृत्व चयनका लागि जुन किसिमले प्रक्रिया अगाडि बढिरहेको छ, त्यो हेर्दा फेरि एक पटक नेपाली क्रिकेटमा सुखद दिन आउलान् भन्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया