बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – सिंंहदरबार घेराउ गर्ने भन्दै काठमाण्डौको भद्रकालीमा प्रदर्शन गरिरहेका ‘आरक्षण बचाऔँ आन्दोलन’ का अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लोक सेवा आयोगले संविधान विपरीत विज्ञापन खुलाएको दावी गर्दै आन्दोलन गर्दै आइरहेका अगुवाहरुलाई आइतबार काठमाण्डौको भद्रकालीमा प्रर्दशन गरिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको हो । प्रर्दशनकारीहरुले सिंहदरबार घेर्न भन्दै निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
त्यसअघि प्रहरीले निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रर्दशनकारीहरुलाई पटक–पटक माइकबाट सचेत गराएको थियो तर प्रर्दशनकारीहरुले भने शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउनु पर्ने दावी गरिरहेका थिए । भद्रकालीबाट प्रदर्शनकारीहरु सिंंहदरबारतर्फ अघि बढेपछि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको थियो । त्यसक्रममा प्रर्दशनकारीहरुले शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीविरुद्ध पनि चर्काे नाराबाजी गरेका थिए ।
प्रहरीले नियन्त्रणमा लिएपछि प्रदर्शनकारीहरुले चर्काे नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरेका थिए । लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले विरोध प्रर्दशनको कामलाई निरन्तरता दिँदै आएका छन् ।
उनीहरुले लोक सेवा आयोगको विज्ञापन खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन् ।