सर्वाधिक रन बनाउने खेलाडी बने क्रिस गेल

 साउन २७, २०७६ सोमबार ६:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

‘युनिभर्स वोस’ उप नामलेसमेत चर्चित वेस्टइण्डिजका क्रिस गेलले ३ सयौं एक दिवसीय क्रिकेट खेलेका छन् । भारतविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटसँगै उनले यो उपलव्धि हासिल गरेका हुन् ।

जारी सिरिज नै अन्तिम सिरिज भनेर घोषणा गरेका गेलले वेस्टइण्डिजकै पूर्व खेलाडी ब्रायन लाराको रेकर्ड तोडेका छन् । लाराले २९९ एक दिवसीय क्रिकेट खेलेका थिए । दोस्रो एक दिवसीय क्रिकेट खेलेसँगै उनले ३ सय एक दिवसीय खेल्ने पहिलो क्यारेवियन खेलाडी बने ।

उनले लारासँगै एबी डिविलियर्सको रेकर्ड पनि तोड्न सफल भए । यतिमात्रै नभइ उनी सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् । अहिलेसम्म यो रेकर्ड लाराको नाममा रहेको थियाे । लाराले १० हजार ४ सय ५ रन बनाएका छन् । लाराकाे रेकर्ड ब्रेक गर्दै गेलले १० हजार ४ सय ८ रन जोडेका छन् । आइतबारकाे खेलमा गेलले व्यक्तिगत ११ रन जाेड्दै रेकर्ड ब्रेक गरे । 

भारतविरुद्ध तेस्रो एक दिवसीय क्रिकेटसँगै उनले सन्यासको घोषणा गर्ने छन् । ३९ वर्षीय गेलले अहिलेसम्म दश हजार बढी रन बनाउँदा २५ शतक पनि प्रहार गरेका छन् । एक दिवसीय क्रिकेटमा उनी सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो खेलाडी हुन् । उनीभन्दा अगाडि पाकिस्तानका साहिद अफ्रिदी रहेका छन् । अफ्रिदीले  ३५१ छक्का प्रहार गर्दा गेलले ३२६ छक्का प्रहार गरेका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया