प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

 साउन २७, २०७६ सोमबार ८:५५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर सोमबार स्वदेश फर्कनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार आउने भनिए पनि सोमबार अपराह्न मात्रै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।    

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ जानुभएको थियो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो ।

प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी हुनुहुन्छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया