ट्राफिक जाम हुने काठमाण्डौका मुख्य–मुख्य ठाउँमा ‘ओभरहेड ब्रिज’ बनाइन्छ : मन्त्री महासेठ

 साउन २७, २०७६ सोमबार १८:४७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले काठमाण्डौको ट्राफिक जाम हुने मुख्य–मुख्य ठाउँमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाण्डौको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी चोकमा 'ओभरहेड ब्रिज' निर्माण गर्ने घोषणा गर्नु भएको हो । त्यसका लागि आवश्यक डिजाइनको काम सुरु भैसकेको मन्त्री महासेठको भनाइ छ । 

सोमबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले चालु आर्थिक वर्षभित्र काठमाण्डाैको सडकमा 'स्मार्ट लाइट' व्यवस्थापन गर्ने योजना पनि रहेका बताउनु भयो । उहाँले त्यसका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको पनि बताउनु भयो ।

मन्त्री महासेठले सरकारले काठमाण्डौलाई एक वर्षभित्र सुन्दर सहरको रुपमा विकास हुने गरी पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य बनाएको दावी पनि गर्नु भयो । उहाँले मुलुकमा रेल सेवा सञ्चालनका लागि रेलमार्ग निर्माणको कामलाई पनि अघि बढाइएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया