लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
अस्ट्रेलियाको घरेलु लिग बिग ब्याश आउँदाे १४ डिसेम्बरदेखि सुरु हुने भएको छ ।
क्रिकेटमा भित्रिएको नयाँ प्रविधिका कारण यसपटक बिग ब्याश लिगको चर्चा अझ बढी हुनेछ । सेन्सर जोडिएको ब्याटको प्रयोग भइसकेको अब टी २० क्रिकेटमा अबकाे बिग ब्याश लिगबाट बलमा समेत ‘माइक्रोचिप’ जडान गरिने भएकाे छ ।
अस्ट्रेलिया क्रिकेटका लागि बल बनाउने कम्पनीले सेन्सर जडान गरिएको बल बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । यस्तो बलले बलरको गति, प्रि -बाउन्स र पोस्ट बाउन्स लगायतका कुराहरु थाहा पाउन सजिलो हुने तथा म्याच रेफ्रीलाई पनि सही निर्णय लिनमा सहयाेग पुग्ने विश्वास गरिएको छ ।