प्रचण्डका छाेरा प्रकाशको नाममा अरबौँ रुपैयाँ रहेको खबर पुष्टि गर्न सचिवालयकाे चुनौती

 साउन २८, २०७६ मंगलबार ११:३२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' काे निजी सचिवालयले उहाँका छोरा प्रकाशका नाममा अरबौँ रुपैँया रहेको भन्ने खबर पुष्टि गर्न चुनौती दिनुभएको छ । 

उहाँको निजी सचिवालयले मंगलबार विज्ञप्ति निकालेर छोरा प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न उहाँ केही दिनअघि दुबई गएको भन्ने कुराको भत्र्सना गर्दै खबर पुष्टि गर्न चुनौती दिएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न पनि चुनौती दिइएको छ ।’ 

जनक्रान्तिका उपलब्धीविरुद्ध प्रतिगामी तत्वबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुष्प्रयास भैरहेको र अध्यक्ष प्रचण्डको बदनाम गर्न प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने हल्ला फैलाइएको विज्ञप्तिमा भनिएको छ । 

यस्तै छोरा प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको झुटा प्रचार गर्नेलाई कारबाही गर्न सरकारसँग माग पनि गरिएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया