खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते

 साउन २८, २०७६ मंगलबार १२:४३:३९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – भूमिकास्थान नगरपालिकाको नुवाकोटमा एक व्यक्तिले खुकुरी प्रहार गर्दा श्रीमती, सासू र सालो घाइते भएका छन् ।  

भूमिकास्थान नगरपालिका वडा नम्बर-६, खमारीबासका २७ वर्षीय चिरन घर्तीले त्यसै नगरपालिकाकाे वडा नम्बर-८ मा रहेको ससुरालीमा सोमबार राति गएर खुकुरी प्रहार गर्दा तीन जना गम्भीर घाइते भएका हुन् । 

खुकुरी प्रहारबाट १८ वर्षीया श्रीमती गिता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीया सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनु भयो । 

घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो । बुटबलमा पनि उपचार हुन नसकेपछि तीनै जनालाई  चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ । 

मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनै जनालाई खुकुरी प्रहार गरेपछि फरार भएका छन् । फरार रहेका उनको खोजी भैरहेको प्रहरीले बताएको छ ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया