विश्वकप फुटबल-१९८६ का 'हिराे' होसे लुइस ब्राउनकाे निधन

 साउन २८, २०७६ मंगलबार १६:४२:३४ | एजेन्सी
unn.prixa.net

अर्जेन्टिनालाई विश्वकप जिताउने होसे लुइस ब्राउनको ६२ वर्षको उमेरमा निधन भएको छ ।

अल्बिसेलेस्टका पूर्व मिडफिल्डर ब्राउन अल्जाइमर्स रोगबाट ग्रसित थिए । ब्रोनलाई अर्जेन्टिनी फुटबलमा टाटा को नामले चिनिन्छ । उनले अर्जेन्टिनाको लागि ३६ खेल खेलेका छन् । सन् १९८६ को विश्वकपबाट चर्चित भएका थिए ।

उनले देशको लागि पहिलो गोल जर्मनीको विरुद्धको खेलमा गरेका थिए । १९८६ को विश्वकप फाइनलमा अर्जेन्टिनाले जर्मनिलाई ३-२ ले गर्दै उपाधि जितेको थियो ।

त्यस खेलमा ब्राउनले अर्जेन्टिनी खेलाडी फोलक्लोरको स्थानमा मैदान प्रवेश गर्दै देशलाई उपाधि जिताउनका लागि गोल गरेका थिए ।

होसे लुइस ब्राउनले सन् २००७ देखि २००९ सम्म अर्जेन्टिनाकाे यू-१७ टाेलीकाे प्रशिक्षककाे जिम्मेवारी सम्हालेका थिए । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया