साफ यू–१८ च्याम्पियनसिपका लागि दोस्रो चरणमा ३० जना खेलाडी छनोट

 साउन २८, २०७६ मंगलबार १७:२५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यू–१८ च्याम्पियनसिपका लागि दोस्रो चरणमा ३० जना खेलाडी छनोट गरेको छ । 

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पहिलो चरणमा प्रशिक्षणका लागि बोलाइएका ४६ जना खेलाडीबाट १६ जना हटाउँदै दोस्रो चरणको सूची सार्वजनिक गर्नु भएको हो । 

पहिलो चरणबाट बाहिरिएका खेलाडीहरु राम्रा भए पनि अझै सुधार गर्नुपर्ने प्रशिक्षक श्रेष्ठले बताउनु भयो । प्रशिक्षक श्रेष्ठले टिमभित्र रहेका मध्ये १२ जना खेलाडीसँग ए डिभिजन लिगको अनुभव भएकोले उनीहरुले आफूलाई अझै सुधार गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।  

घरेलु मैदानमा हुने च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान र भुटान समूह ए मा छन् ।  त्यस्तै भारत, श्रीलंका र बंगलादेश समूह बी मा छन् । प्रशिक्षक श्रेष्ठले आफ्नो लक्ष्य फाइनल पुग्ने र उपाधि जित्ने रहेको बताउनुभयो । उहाँले सेप्टेप्बर पहिलो हप्ता २३ जनाको अन्तिम नामावली सार्वजनिक गर्ने बताउनुभयो ।

प्रतियोगिता सेप्टेम्बर २० देखि २९ तारिखसम्म हलचोकको एपीएफ मैदानमा हुनेछ ।

यस्तो छ ३० जना खेलाडीको सूची-   

गोलकिपरः  विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना ।
डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, बिशान्त बस्नेत, अलिक रुम्बा र अन्जन महर्जन ।
मिडफिल्डरः शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकाश बुढामगर, रेजिन माझी, जय गुरुङ, मनिष थापा, कुसल फुया, नीतिन थापा ।
फरवार्डः बृजेश चौधरी, सचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया