नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
धादिङ – ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को अमराईमा मंगलबार बोलेरो जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
धादिङबेसीबाट मैदीको लागि छुटेको बा १३ च ५२३० नम्बरको निजी नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । स्थानीयवासी, प्रहरी र उद्धारकर्मीले घटनास्थलमा उद्धार गरिरहेको उद्धारमा संलग्न रेडक्रसकर्मी नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेहरुलाई जिल्ला अस्पताल धादिङ लगिएको छ भने दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।