विद्युत कटौतीले विराटनगरका व्यापारी हैरान, प्राधिकरणलाई चाबी बुझाउने चेतावनी

 साउन २८, २०७६ मंगलबार १९:४०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगरका उद्योगीले विद्युत प्राधिकरणको लापर्वाहीका कारण   उद्योग बन्द गराउनु पर्ने अवस्थामा पुगेको बताएका छन् ।

उद्योग संगठन मोरङको आयोजनामा  उद्योगी/व्यवसायी र नेपाल विद्युत प्राधिकरण विराटनगर शाखा प्रमुख, दुहवी ग्रिड प्रमुख, कटहरी शाखा प्रमुखलगायतको उपस्थितिमा भएको छलफलमा उद्योगीले प्राधिकरणको कारण उद्योग बन्द गराउनु पर्ने अवस्था आएको बताएका हुन् ।  केही समययता बढिरहेको विद्युत कटौतीले लो भोल्टेज, ट्रिपिङलगायतका समस्या र सामाधानका उपायका सम्बन्धमा  उद्योग संगठनले छलफल गरेको हो ।

छलफलमा संगठनका  अध्यक्ष भीम घिमिरेले नेपाल विद्युत प्राधिकरणको औद्योगिक लोडसेडि¨ले मेनरोड र ट्रिपिङका कारण उद्योगी/व्यवसायी आक्रान्त भएको जानकारी गराउनुभयो ।  विद्युत अवरुद्धले एकतर्फ उत्पादनमा ह्रास आइ कच्चा पद्धार्थ खेर गैरहेको र अर्काेतर्फ उद्योगका मेसिन  बिग्रेकाले उद्योगमा ठूलो क्षति भैरहेको घिमिरेले बताउनुभयो ।  विद्युत प्राधिकरणले चाँडै नै समस्या सामाधान नगरे उद्योगी/व्यवसायीले उद्योग बन्द गरेर चाबी विद्युत प्राधिकरणलाई बुझाउने चेतावनी दिए ।

अध्यक्ष घिमिरेले विद्युतकोे अवस्थाका कारण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, उत्पादन लागत वृद्धि भैरहेकोले विद्युतको समस्या समाधान गर्न संगठन सम्बन्धित निकायमा पहल र सहयोग गर्न तयार रहेको स्पष्ट  पार्नुभयो ।

संगठनका उपाध्यक्ष उद्योगी प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश  सुरानाले विद्युतको कारणले गर्दा उद्योग/व्यवसाय धरासायी हुन लागेको भन्दै समस्या जतिसक्दो छिटो समाधान गर्न आग्रह गर्नुभयो ।

उद्योग व्यवसायले दैनिक दशदेखि पन्ध्र पटकसम्म विद्युत कटौतीको समस्या भोग्नु परेकोले उत्पादनमा ठूलो क्षति बेहोर्नु परेको मुरारकाले बताउनुभयो  । उपाध्यक्ष मुरारकाले कटहरी क्षेत्रका उद्योगीको अवस्था अत्यन्त दयनीय    हुँदै गएको, विद्युतको कारण उद्योगको पार्टपुर्जा जल्ने, बिग्रने गरेकाले समस्या समाधानका गर्न  उहाँले प्राधिकरणसँग आग्रह गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरण विराटनगर शाखा कार्यालयका प्रमुख राजीव सिंहले भारत र नेपालको विद्युत चेञ्जओभर गर्नु पर्ने भएकाले पटक–पटक विद्युत अवरुद्ध हुने गरेको बताउनुभयो ।  

शाखा प्रमुख सिंहले केही दिनअघि आएको बाढीका कारण विद्युत प्राधिकरणलाई ठूलो क्षति हुनुका साथै ठाउँ–ठाउँमा विद्युतको पोलका साथै रुखहरु र विद्युत लाइनमा ढल्नाले वितरण प्रणालीमा समस्या आएकोले मर्मतको काम भैरहेको बताउनुभयो ।

दुहवी ग्रिड प्रमुख रेवतकुमार चौधरीले रंगेली, कटहरीका उद्योगहरु लामो दूरीमा स्थापना भएकाले दुहवी ग्रिडबाट त्यस क्षेत्रको उद्योगहरुमा सप्लाई गरिएको विद्युतमा भोल्टेज ड्रप  हुने समस्या रहेको बताउनुभयो । उहाँले कतिपय समस्याकोे समाधान केन्द्रबाट मात्र हुने भएकाले केन्द्रमा समेत पहल गर्न संगठनलाई अनुरोध गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया