नवलपरासीको अरुणखोला पुलमा क्षति, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 साउन २९, २०७६ बुधबार ७:५२:५७ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा पुल भाँचिदा राजमार्ग अवरुद्ध भएको छ । पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगेको हो । पुलमा क्षति पुगेपछि बिहानैदेखि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलबाट ठूला सवारी साधान आवत–जावत गर्न नसक्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा गाडी रोकिएर लाम लागेको छ । 

साना सवारी भने एकतर्फी रुपमा सञ्चालन भैरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम भएकाले वैकल्पिक बाटोको प्रयोग गर्न भनिएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया