नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगिता आज

 साउन २९, २०७६ बुधबार १०:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण पहिलो भलिबल प्रतियोगिता बुधबार हुँदैछ । अपरान्ह ३ बजेपछि लगनखेलमा रहेको सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रमा हुने छ ।

भदौ २ गतेदेखि हुने लागेको पाचौँ एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि अफगान टोली मंगलबार काठमाण्डाै आइपुगेको हो । टोलीलाई नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के तथा संघका पदाधीकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

प्रतियोगिता अगाडि नै आएको अफगानटोलीले बुधबार र विहीबार २ वटा मैत्रीपूर्ण भलिबल खेल्ने छ । 

यसलाई सेन्ट्रल जोनको तयारी खेलको रुपमा हेरिएको छ । सेन्ट्रल जोनमा नेपाल र अफगानिस्तानसहित बंगलादेश, कीर्गिस्तान, माल्दिभ्स, तुर्किमिनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्ने छ । अफगान टिमका  प्रशिक्षक तथा कप्तानले आफूहरुको मुख्य लक्ष भनेको उपाधि हात पार्ने नै हो भन्दै प्राय सबै टोलीको खेलसँग आफूहरु जानकार रहेको बताएका छन् ।

नेपाली टिमका कप्तान इम रानामगरले तयारी राम्रो भएको बताउँदै अफगानिस्तानसँगको खेलले प्रतियोगितामा गल्ती सच्याउने अवसरको रुपमा हेरेको उल्लेख गरे । उनले विगतमा अफगानिस्तानको टिमलाई पराजित गरेको सकेको बताउँदै एकै पटक प्रतियोगिता खेल्नु भन्दा पनि यस्तो अभ्यास खेलले टिममा सुधार आउने विश्वास व्यक्त गरे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया