रक्षाबन्धनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

 साउन २९, २०७६ बुधबार १५:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – प्रदेश २ सरकारले रक्षाबन्धन (जनै पूर्णिमा) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

प्रदेश २ सरकारले बुधबार एक शुभकामना सन्देश जारी गर्दै  रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जारी गर्नु भएकाे शुभकामना सन्देशमा लेखिएकाे छ, ‘रक्षाबन्धन पर्वको अवसरमा साउन ३० गते प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा यस पर्वलाई हर्षाेल्लासका साथ मनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु ।’

अन्तिम अपडेट: कात्तिक १८, २०७६

1 Comments

  • Thewalker

    Aug. 14, 2019, 3:40 p.m.

    २ नं प्रदेशमा राखीका नामले छुट्टी दिन मिल्छ भने अन्य प्रदेशमा जनै/रक्षाबन्धनको नाममा किन मिलेन?

  •  0 Reply

तपाईको प्रतिक्रिया