आज पनि देशका धेरै ठाउँमा पानी पर्ने
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै - आईएमई मोटर्स प्रालिले प्रवर्द्धन गरेकाे अशोक लेलैण्ड र पोखरा फाइनान्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरूङ र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौता अनुरुप आईएमई मोटर्सका ग्राहकहरुले पोखरा फाइनान्सबाट सजिलै ७० प्रतिशतसम्मको कर्जा सुविधा पाउने छन् । त्यस्तै अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने बताइएकाे छ ।
दुवै कम्पनीबीच कर्जा सुविधा बाहेका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको छ ।