पाल्पामा नौमती बाजा प्रतियोगिता हुने

 साउन २९, २०७६ बुधबार १८:२४:१७ | देव पचभैया
unn.prixa.net

फाइल तस्बिर

पाल्पा - पाल्पामा पहिलो पटक नौमती बाजा प्रतियोगिता हुने भएको छ ।

तानसेन नगरपालिकाको आयोजनामा जिल्लाका स्थानीय तहमा रहेका समूहबीच प्रतियोगिताको आयोजना गरिन लागिएकाे हो । ऐतिहासिक भगवती जात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमीका दिन भदाै ६ गते तानसेनकाे टुँडिखेल मैदानमा प्रतियोगिता हुने नगरपालिका अन्तरगतको टुरिजम एक्सन कमिटीका संयोजक सागर महर्जनले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुने समूहलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक महर्जनको भनाइ छ । तानसेन नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णु पौडेलका अनुसार प्रतियोगितामा सहभागी हुन नगरपालिका, गाँउपालिका तथा सम्बन्धित वडाको सिफारिस अनिवार्य हुनुपर्ने बताइएकाे छ ।

प्रतियोगितामा प्रचलित नौमतीका सबै बाजाहरु हुनुपर्ने आयोजकले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया