उपचुनाव : आजराति १२ बजेदेखि मौन अवधि, सामाजिक सञ्जालबाट प...
बैशाख १२, २०८१ बुधबार
रसुवा - पार्टीभित्र अन्तरद्वन्द्व बढेको भन्दै साझा पार्टी रसुवाका संयोजक प्रेम पौडेलले राजिनामा दिनुभएको छ ।
पार्टी फुटेपछि असन्तुष्टि जनाउँदै आउनुभएका उहाँले बुधबार प्रदेश संयोजक समीक्षा बाँस्कोटालाई राजिनामा बुझाउनु भएको हो । पार्टी फुट्ने, पार्टीको नाम निरन्तर परिवर्तन हुँदै जाने कारण संगठन विस्तार गर्न नसकिएको उहाँको भनाइ छ ।
पार्टीमा लोकतान्त्रिक अभ्यास नभएको भन्दै उहाँले पार्टीमा अन्तरद्वन्द्व समेत बढ्दै गएको बताउनुभयो । केन्द्रीयस्तरमा भएको निर्णय जिल्ला संयोजकले समेत थाहा नपाउने, पार्टी संयोजक रवीन्द्र मिश्रले फोन नउठाउने तथा दुःख गर्नेलाई स्थान नदिएर कोहीलाई विदेशबाट फर्कनेबित्तिकै केन्द्रीय सदस्य दिएकोप्रति उहाँले असन्तुष्टि जनाउनुभयो ।
साथै कार्यव्यस्तताका कारण पार्टीमा पर्याप्त समय दिन नसकेकाले राजीनामा दिएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।