चिनियाँ राजदूतको ट्वीट : मेरो मनमा नेपाल छ, भ्रमण वर्षको शुभकामना !

 साउन ३०, २०७६ बिहिबार १५:२९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय नेपालका लागि विदेशी राजदूतहरु सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् ।

अमेरिकी दूतावास र राजदूतले लामो समयदेखि नेपाली भाषामा नै सामाजिक सञ्जाल चलाइरहेका छन् । नेपाली चाडपर्व, विशिष्ट व्यक्तिका जन्मदिन, मृत्युलगायतमा अमेरिकी दूतावास र राजदूतले टिप्पणी गर्दै आएका थिए ।

पछिल्लो समय नेपालका लागि चिनियाँ राजदूतावास र राजदूत पनि सामाजिक सञ्जालमा सक्रिय भएका छन् । नेपालका लागि चिनिया राजदुत होउ यान्छीले पनि पछिल्लो समय नेपाली भाषामै ट्वीट गर्न थाल्नुभएको छ ।

उहाँले यसअघि चीनले नेपालमा बनाइरहेका आयोजनाको बारेमा पनि नेपाली भाषामै ट्वीट गर्नुभएको थियो । उहाँ केही महिना अगाडिबाट मात्रै ट्विटरमा सक्रिय हुनु भएको हो ।

बिहीबार राजदूत यान्छीले बौद्ध, वसन्तपुरलगायतका स्थानमा खिचिएका तस्बिर ट्विटरमा राख्दै लेख्नुभएको छ, ‘मेरो मनमा नेपाल !  नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना !’

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया