वरिष्ठ पत्रकार चन्द्रकिशाेर झा भारतमा सम्मानित

 साउन ३०, २०७६ बिहिबार २०:३७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

सेन्टर फर एक्स्पेरियन्सि सोसियो कल्चरल इन्टरएक्शन (सीईएससीआई) स्विजरल्याण्ड तथा मदुराई भारतले पत्रकार चन्द्रकिशोर झालाई संयुक्त रुपमा सम्मानित गरेका छन् ।

पत्रकार झालाई नेपालमा सामाजिक पत्रकारितामा पुर्‍याएको योगदानका लागि माया कोइने अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट बिहीबार भारतको तामिलनाडुमा सम्मानित गरिएको हो ।

सेसी स्विजरल्याण्डकी महिला माया काेइने र भारतकाे एकता परिषदका सामाजिक सुधार अगुवा राजगाेपाल पीभीले संयुक्त रुपमा सन १९९६ मा स्थापना गरेका हुन् ।सेसीलाई उत्तर र दक्षिणबीच सामाजिक सांस्कृतिक आदानप्रदानलाई सहजीकरण गर्ने मञ्चका रुपमा चिनिन्छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया