कश्मीर प्रकरणमा सुरक्षा परिषद्को आकस्मिक बैठक

 साउन ३१, २०७६ शुक्रबार ९:७:५२ | एजेन्सी
unn.prixa.net

भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा फिर्ता लिने भारतको निर्णयमाथि चर्चा गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आकस्मिक बैठक बन्द कोठामा बस्दैछ । 

संयुक्त राष्ट्रसंघको एक कुटनीतिज्ञले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार वर्तमान सुरक्षा परिषदको अध्यक्ष पोल्याण्डले स्थानीय समय अनुसार शुक्रबार बिहान १० बजे यस मद्धामा छलफल गर्ने तयारी छ । 

भारत पाकिस्तानको विवादित सीमा क्षेत्र (लाइन अफ कन्ट्रोल) मा भारत र पाकिस्तानबीच गोली हानाहान भएको छ । पाकिस्तानका अनुसार नियन्त्रण रेखामा भारत पाकिस्तानबीच गोली हानाहान हुँदा तीन जना पाकिस्तानी सैनिक मारिएका छन् । पाकिस्तानले पाँच भारतीय सैनिक मारिएको दाबी पनि गरेको छ तर भारतले भारतीय सैनिकको ज्यान नगएको बताएको छ ।

भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा फिर्ता लिने भारतको निर्णयपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ । 

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया