कुवेती दिनार र कतारी रियालको भाउ बढ्यो, रिंगिट र वन भने घट्यो

 साउन ३१, २०७६ शुक्रबार १०:३७:३२ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार कुवेती दिनार र कतारी रियालको भाउ केही बढेको छ । मलेसियन रिंगिट र वनको भाउ भने घटेको छ । अरु विदेशी मुद्रा स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा नै रहेको थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा रहेको थियो ।  

आज कतारी रियालको भाउ भने बढेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको थियो । 

शुक्रबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा पुगेको छ । हिजो पनि यसको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा थियो ।

मलेसियन रिंगिटको भाउ भने केही घटेको छ । रिंगिट १ को खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रीदर २७ रुपैयाँ २७ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ १६ पैसा र बिक्रीदर २७ रुपैयाँ ३० पैसा रहेको थियो ।

कोरियन वनको भाउ पनि केही पैसा घटेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९३ पैसा छ । हिजो  खरिददर ३७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७५ पैसा रहेको थियो ।

 यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०३ रुपैयाँ २९ पैसा रहेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०३ रुपैयाँ २९ पैसा रहेको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया