सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक : कुन बैंकको अवस्था कस्तो ?

 साउन ३१, २०७६ शुक्रबार ११:६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वाणिज्य बैंकहरुले धमाधम आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । अहिलेसम्म सार्वजनिक विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । सबैभन्दा कम नाफा कमाउनेमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ ।

गएको आर्थिक वर्षमा बैंकहरुको वित्तीय अवस्था :

राष्ट्रिय वाणिज्य बैंकः 

राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकले गएको आर्थिक वर्षमा पाँच अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.६१ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७४।७५ मा बैंकले तीन अर्ब ६५ करोड ९२ लाख खुद मुनाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब ६१ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले एक खर्ब ९० अर्ब तीन करोड १४ लाख निक्षेप संकलन गरी एक खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले निक्षेप संकलन गर कर्जा प्रवाहमा क्रमशः १५.७२ र २३.०३ प्रतिशतले वृद्धि गरेको हो । बैंकको खुद ब्याज आम्दानी १२.२४ प्रतिशतले बढेर १० अर्ब २२ करोड ९५ लाख पुगेको छ ।

अहिले बैंकको चुक्ता पुँजी ९ अर्ब ४७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ रहेको छ । खराब कर्जा ३.९० प्रतिशत रहेको बैंककोे आधार ब्याजदर ५.५० प्रतिशत, कोषको लागत ३.५२ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.२० प्रतिशत, ब्याजदर अन्तर ४.४६ प्रतिशत र सीसीडी ७२.७८ प्रतिशत रहेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले गएको आर्थिक वर्षमा ४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा १९ दशमलव १५ प्रतिशतको वृद्धि हो । खराब कर्जा घटाइ २ दशमलव ९० प्रतिशतमा झार्न सफल भएको र स्प्रेडदरलाई व्यवस्थापन गरेका कारण मुनाफा छ । बैंककाअनुसार  बचत खाताको ब्याजदरमा २ प्रतिशत वृद्धि तथा कर्जाको ब्याजदर समेत डेढ प्रतिशतदेखि २ प्रतिशतको हाराहारीमा घटाइएकोले करिब २० प्रतिशत बढी नाफा कमाउन सफल भएको  हो ।

कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासमा खुद मुनाफा ४ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनाभन्दा १९ दशमलव १५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको यही अवधिमा ३ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी ७ दशमलव ६२ प्रतिशतले बढेर ७ अर्ब ३७ करोड ३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १० दशमलव ८० प्रतिशतले बढेर ५ अर्ब ४७ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ ।  

बैंकको निष्क्रिय कर्जा २ दशमलव ९० प्रतिशत, जोखिमयुक्त सम्पत्ति २० दशमलव ३३ प्रतिशत, प्रतिशेयर आम्दानी ४४ दशमलव ६७ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ९ दशमलव १६ गुणा, प्रतिशेयर नेटवर्थ ३१४ दशमलव १८ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ९६ प्रतिशत रहेको छ ।

नबिल बैंकः 

नबिल बैंकले गएको आर्थिक वर्षमा चार अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ७.८४ प्रतिशत बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७४।७५ मा नविलले तीन अर्ब ९८ करोड १८ लाख खुद मुनाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब १८ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

अहिले बैंकको चुक्ता पुँजी ९ अर्ब एक करोड १८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ९ अर्ब ३३ करोड २३ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी १७.१५ प्रतिशतले बढेर ७ अर्ब ३३ करोड ६० लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा खुद ब्याज आम्दानी ६ अर्ब २६ करोड २० लाख रहेको थियो ।

समीक्षा अवधिसम्ममा बैंकले १ खर्ब ६४ अर्ब ३७ करोड ६० लाख निक्षेप संकलन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा २१.९३ प्रतिशतले बढी हो । 

नेपाल इन्भेष्टमेन्ट बैंक :

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६ दशमलव ६६ प्रतिशतले घटेको छ । २०७४/७५ मा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाउन सफल इन्भेष्टमेन्टको गएको आर्थिक वर्षमा नाफा ३ अर्ब ४१ करोड रुपैयाँ रह्यो । बैंकले सार्वजनिक गरेको गएको आर्थिक वर्ष वित्तीय विवरणअनुसार बैंकको नाफा ६.६६ प्रतिशतले गिरावट आएको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो। तर, गएको आवमा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ। । बैंकको वितरणयोग्य नाफा १ अर्ब ३९ करोड ६ लाख ८३ हजार रुपैयाँ रहेको छ । १० अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजीबाट १२ अर्ब ८६ करोड रुपैयाँ  पुगे पनि बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँले घटेको छ। साथै जगेडा कोषमा १० अर्ब ९५ करोड रुपैयाँ जम्मा गरेको छ।  बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। 

एभरेष्ट बैंकः 

एभरेष्ट बैंक लिमिटेडले गएको  आव २०७५/ ०७६ को चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनाभन्दा नाफा १७ दशमलव ९८ प्रतिशतले वृद्धि गरेको हो । 

८ अर्ब १० करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी भएको एभरेष्ट बैंकको, प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ, रिटर्न अडिङ्ग २ अर्ब १८ करोड ८० लाख रुपैयाँ र जगेडामा ७ अर्ब १० करोड ५ लाख रुपैयाँ छुटाएको छ ।

हिमालयन बैंकः

हिमालयन बैंकले नाफामा ५० प्रतिशतभन्दा बढी नाफा गरेको छ । बैंकले गएको आवमा २ अर्ब ८४ करोड नाफा आर्जन गरेको छ । बैंक अघिल्लो आव २०७४/७५ मा १ अर्ब ८७ करोड नाफा कमाएको थियो । बैंकले गएको आवमा २ अर्ब २ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ ।

बैंकले गएको आवमा ५ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने संचालन मुनाफा ४ अर्ब २ करोड रुपैयाँ रहेको छ । ८ अर्ब ५२ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ ।

हिमालयनले यो अवधिमा १ खर्ब ९ अर्ब निक्षेप संकलन गरेर ९२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.२ प्रतिशत रहेको छ ।

ग्लोबल आईएमई बैंकः 

ग्लोबल आईएमई बैंक लिमिटेडले गएको आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा खुद नाफातर्फ बैंकले ३३.०२ प्रतिशतले बढोत्तरी गरेको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब १० करोड रुपैयाँ थियो । 

यस्तै बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्ष ५ अर्ब ३८ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफालाई बढाएर बैंकले ६ अर्ब ५८ करोड रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, अघिल्लो वर्ष ३ अर्ब २२ करोड रुपैयाँ रिजर्बको आकार घटाएर बैंकले ३ अर्ब २० करोड रुपैयाँमा झारेको छ । 

बैंकले रिटेन अर्निङतर्फ ९४.२५ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष १ अर्ब ४६ करोड रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा २ अखर्ब ८३ करोड रुपैयाँ पुगेको छ । 

बैंकले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको । 

नेपाल बैंक :

नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको अवधिमा २ अर्ब ६१ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको त्यही अवधिको तुलनाभन्दा १८ दशमलव ७७ प्रतिशतले घटेको  हो । अघिल्लो वर्षको यसै अवधिमा नाफा ३ अर्ब २१ करोड ५६ लाख रुपैयाँ कमाएको थियो । 

९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले प्रिमियम ३ अर्ब २६ करोड २८ लाख रुपैयाँ, रिर्टन अर्निङ ३ अर्ब १ करोड ८६ लाख रुपैयाँ र जगेडा १३ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ छुटाएको छ ।

बैंकले निक्षेपमा १ खर्ब १७ अर्ब २० करोड ७ लाख रुपैयाँ संकलन गरी कर्जा ९२ अर्ब ४१ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलना बैंकले निक्षेपमा १८ दशमलव १८ प्रतिशतले र कर्जामा २२ दशमलव ६६ प्रतिशतले वृद्धि गरेको छ । 

स्टाण्डर्ड चार्टर्ड बैंकः

स्टाण्डर्ड चाटर्ड बैंकले एक वर्षको अवधिमा दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ । बैंकले गएको आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ खुद आम्दानी गरेको जानकारी दिएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा स्टाण्डर्ड चार्टड बैंकले करिब १४ प्रतिशतले मूनाफा आर्जन गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकले २ अर्ब १८ करोड रुपैयाँमात्रै आम्दानी गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २९ करोड ८० लाख हरेकोमा बढेर ३ अर्ब ५२ करोड ३१ लाख पुगेको छ । बैंकले जगेडा कोषमा पाँच अर्ब १७ करोड २८ लाख रुपैयाँ राखेको छ ।

एनएमबी बैंकः 

एनएमबी बैंकले गएको आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा खुद नाफा २४.६१ प्रतिशतले बढाएर दुई अर्ब ३१ करोड आर्जन गरेको प्रगति विवरण सार्वजानिक गरेको छ। बैंकले आम्दानीका सबैजसो सूचाङ्कहरुमा प्रगति गरेको छ भने कोषको लागत र खराब कर्जा घटाउँदै लगेर सन्तोषजनक प्रगति गरेको छ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाह क्रमशस् १६.५७ प्रतिशत र २१.६९ प्रतिशतले बढाएको छ भने खराब कर्जा झनै घटाउँदै लगोको छ।

९ अर्ब ६१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले आफ्नो जगेडा कोष पनि मजबुत बढाउँदै लगेको छ। समीक्षा अवधिमा बैंकले जगेडा कोष ४२.०७ प्रतिशतले बढाएर ३ अर्ब ५३ करोड रुपैयाँ पुर्‍याएको छ।

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात पनि १६.३८ गुणा घटेर १५.८६ गुणामा झरेको छ।

सिद्धार्थ बैंकः 

सिद्धार्थ बैंक लिमिटेडले गएको आर्थिक वर्षमा २०७५/७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा खुद मुनाफा २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा नाफा २१ दशमलव २५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ अर्ब ९० करोड ४० लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको सिद्धार्थ बैंकको प्रिमियम १२ करोड २० लाख रुपैयाँ, रिटर्न अडिङ्ग १ अर्ब ६६ करोड ३६ लाख रुपैयाँ र जगेडामा ४ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ छुटाएको छ ।

बैंकले निक्षेपमा १ खर्ब १४ अर्ब ९० करोड ४८ लाख रुपैयाँ संकलन गरी कर्जामा १ खर्ब ४ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । निक्षेपमा २१ दशमलव २७ प्रतिशतले र कर्जामा २५ दशमलव ३० प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३६ प्रतिशतले बढेर ४ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २१ दशमलव ४७ प्रतिशतले बढेर ३ अर्ब ३१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

नेपाल एसबीआई बैंकः

नेपाल एसबीआई बैंक लिमिटेडले गत आव २०७५/०७६ को चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा २ अर्ब ३० करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गएको वर्षको सोहिअवधिको तुलनाभन्दा नाफा १३ दशमलव ८४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको यही अवधिमा नाफा २ अर्ब २ करोड ३५ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेपाल एसबिआई बैंकको रिटर्न अडिङ्ग १ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ र जगेडामा ३ अर्ब ८२ करोड १६ लाख रुपैयाँ छुटाएको छ ।

बैंकले निक्षेपमा १६ दशमलव २० प्रतिशतले वृद्धि गरी ९७ अर्ब ८८ करोड ८ लाख रुपैयाँ संकलन गरी कर्जामा ८४ अर्ब ३० करोड ५ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा १६ दशमलव ६६ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १४ दशमलव ५२ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १३ दशमलव ४७ प्रतिशतले बढेर ३ अर्ब १३ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

सानिमा बैंकः 

सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमास वित्तीय खुद मुनाफा २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनाभन्दा ३२ दशमलव १५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

८ अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले रिर्टन अर्निङ १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ र जगेडा २ अर्ब २५ करोड ६९ लाख रुपैयाँ छ ।

सानिमा बैंकले निक्षेपमा १४ दशमलव ८० प्रतिशत वृद्धि गरी ८९ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ संकलन गरी कर्जा ८१ अर्ब २४ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलना बैंकले कर्जामा २० दशमलव १९ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३५ दशमलव ९८ प्रतिशतले बढेर ४ अर्ब १० करोड १ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३२ दशमलव ७५ प्रतिशतले बढेर ३ अर्ब २० करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रभु बैंकः 

प्रभु बैंक लिमिटेडले गत आव २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा खुद मुनाफा २ अर्ब ५ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गएको वर्षको यही अवधिको तुलनाभन्दा नाफा ११२ दशमलव ०४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको यसै अवधिमा नाफा ९६ करोड ७० लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैंकको रिटर्न अडिङ्ग १ अर्ब ७९ करोड ५५ लाख रुपैयाँ र जगेडामा ३ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ छुटाएको छ ।

बैंकले निक्षेपमा १५ दशमलव ५६ प्रतिशतले वृद्धि गरी १ खर्ब १२ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ संकलन गरी कर्जामा ८६ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा १९ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ६२ दशमलव १३ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६४ दशमलव ३९ प्रतिशतले बढेर २ अर्ब ८६ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

बैंक अफ काठमाण्डूः 

बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासमा खुद मुनाफा १ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनाभन्दा ४६ दशमलव ७० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ३२ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

८ अर्ब ६ करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले रिर्टन अर्निङ १ अर्ब ३९ करोड १० लाख रुपैयाँ र जगेडाकोषमा ४ अर्ब ५५ करोड २८ लाख रुपैयाँ छुटाएको छ । 

बैंक अफ काठमाण्डूले निक्षेपमा ८२ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ संकलन गरी कर्जा ७१ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकले निक्षेपमा ७ दशमलव ८९ प्रतिशतले र कर्जामा ९ दशमलव २३ प्रतिशतले वृद्धि गरेको छ । 

मेगा बैंकः 

मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले यस आर्थिक वर्षमा ४० करोड १९ लाख रुपैयाँ मुनाफा बढाएको हो । 

बैंकले वितरणयोग्य मुनाफा बढाएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष ९२ प्रतिशतले वितरणयोग्य मुनाफा बढाएको हो ।

हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, १०३ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,५०० भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । 

माछापूच्छ्रे बैंकः 

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमास अवधिमा बैंकको खुद मुनाफा १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनाभन्दा ३६ दशमलव ३२ प्रतिशतले वृद्धि गरेको हो ।

अघिल्लो वर्षको यही अवधिमा १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । ८ अर्ब ५ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले रिर्टन अर्निङ १ अर्ब ७० करोड ५७ लाख रुपैयाँ, प्रिमियम ३ करोड ८ लाख रुपैयाँ र जगेडा १ अर्ब ४५ करोड १५ लाख रुपैयाँ छुट्याएको छ । 

बैंकको खुद व्याज आम्दानी २९ दशमलव २० प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३३ दशमलव ९६ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ ।  खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा दुवैमा वृद्धि गरेको हुँदा नाफा पनि बढेको हो ।

सनराइज बैंकः

सनराइज बैंकको नाफा १ अर्ब ७० करोड पुगेको छ । बैंकले गएको आर्थिक वर्ष २०७५/७६ मा गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा १५.५८ प्रतिशतले बढी हो । बैंकले गएको आवमा १ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो । बैंकको विवतरण योग्य नाफा भने १ अर्ब ११ करोड रहेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.६१ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकले गएको आवमा ३ अर्ब ५९ करोड खुद ब्याज आम्दानीमा गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी २ अर्ब ८७ करोड रहेको थियो । बैंकको संचालन मुनाफा पनि बढाएको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २४८ रूपैयाँ रहेको छ भने, बैंकको जगेडा कोष९रिजर्भ फन्ट २ अर्ब ५८करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २०।९४ रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंकः 

लक्ष्मी बैंक लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद नाफा १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ कमाएको छ । जुन गएको वर्षको यही अवधिको तुलनाभन्दा ३३ दशमलव ४३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ अर्ब १८ करोड १० लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ९२ करोड ५ लाख रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी बैंकको रिटर्न अडिङ्ग १ अर्ब ५५ करोड १२ लाख रुपैयाँ र जगेडाकोषमा २ अर्ब १६ करोड ५५ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा ७९ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ संकलन गरी कर्जामा ७५ अर्ब २२ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३० दशमलव ५३ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३६ दशमलव ७७ प्रतिशतले बढेर २ अर्ब ३० करोड २६ लाख रुपैयाँ पुगेको छ ।

एनसीसी बैंकः 

नेपाल क्रेडिट एण्ड कमर्श बैंक एनसीसीले गत गएको आर्थिक वर्ष ०७५र७६ मा १ अर्ब ५२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बैंकको अघिल्लो आर्थिक वर्षमा मुनाफा १ अर्ब ३४ करोड १५ लाख रुपैयाँ रहेकोमा करिब १३ प्रतिशतले मुनाफा बढाउँदै बैंकले १ अर्ब ५२ करोड रुपैयाँ पुर्‍याएको हो ।
एनसीसीको चुक्ता पुँजी अहिले ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ रहेको छ । 

बैंकको खुद ब्याज आम्दानी ९१ दशमलव ४८ प्रतिशतले बढेर तीन अर्ब आठ करोड ८० लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६१ करोड २६ लाख थियो ।

एक वर्षको अवधिमा बैंकले ६७ अर्ब तीन करोड ५६ लाख निक्षेप संकलन गरेको छ । 

जनता बैंकः 

जनता बैंकले गएको आर्थिक वर्षको चौँथो त्रैमाससम्ममा खुद नाफा बढाएर सन्तोषजनक प्रगति गरेको छ। ग्लोबल आइएमई बैंकसँग मर्जर प्रकृयामा रहेको बैंकले अघिल्लो आवको चौँथो त्रैमाससम्म रहेको १ अर्ब रुपैयाँ खुद नाफालाई १ अर्ब ३४ करोड रुपैयाँमा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४ प्रतिशतले बढेर ९७ करोड २६ लाख रुपैयाँ पुगेको छ। 

चुक्ता पूँजी ८ करोड रुपैयाँ स्थिर रहेको बैंकले जगेडा कोष २६.३८ प्रतिशतले बढाएर अझै मजबुत बनाउँदै लगेको छ। उसको निक्षेप संकलन र कर्जा प्रवाह क्रमशस् ३० प्रतिशत र २६ प्रतिशतले बढेको छ भने निष्कृय कर्जा १.३२ प्रतिशतबाट घटाएर १.११ प्रतिशतमा झारेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८१ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात १२।७३ गुणा छ ।

कुमारी बैंकः 

कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब ३३ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनाभन्दा २८ दशमलव ०४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । 

वित्तीय विवरण अनुसार कुमारीको खराब कर्जामा पनि सुधार आएको छ । अघिल्लो वर्ष १.०१ प्रतिशत रहेको निष्कृय कर्जाको अनुपात यो आर्थिक वर्षमा ०.९ प्रतिशत रहेको छ । 

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले  गएको आर्थिक वर्षमा आफ्नो नाफा बढाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्ष बैंकले  १ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो । 

बैंकको गएको आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा  भने १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।  प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३८ पैसा र नेटवर्थ १४५ रुपैयाँ ७२ पैसा रहेको बैंकले बैंकका रिजर्भ फन्डमा २ अर्ब ६० करोड ९४ लाख  रुपैयाँ जम्मा गरेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया