करेन्ट लागेर पर्वतमा दुई जनाको मृत्यु, एक जना घाइते

 साउन ३१, २०७६ शुक्रबार ११:४१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – पर्वतको महाशिला गाउँपालिका–४ पाखापानीमा करेण्ट लागेर दुई जनाको ज्यान गएको छ । शुक्रबार बिहान १० बजे विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा यही ठाउँका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटना स्थलमा नै ज्यान गएको हो । करेन्ट लागेर स्थानीय भरत क्षेत्री घाइते हुनुभएको छ । 

महाशिला गाउँपालिका–४ पाखापानीमा फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेण्ट लागेको हो । महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले दिएको जानकारी अनुसार फलामे पोल गाड्ने क्रममा विद्युत प्रवाह भइरहेको लाइन पोलले छोएपछि उनीहरुलाई करेण्ट लागेको हो । सुरेन्द्र र केशबहादुर क्षेत्रीको घटना स्थलमा नै ज्यान गएको हो भने घाइते भरत क्षेत्रीलाई उपचारका लागि लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । 

पाखापानी सामुदायिक विद्युत उपभोक्ता समितिमार्फत युवाहरु पोल गाड्ने काममा सक्रिय भएका थिए । महाशिला गाउँपालिकाले पछिल्लो समयमा गाउँपालिकाका सवै काठका पोलहरु हटाएर फलामे पोल गाड्ने अभियान सञ्चालन गरेको थियो ।  
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया