कश्मीर प्रकरण : विरोध र समर्थनमा लण्डनमा आमने–सामने भारतीय नागरिक

 साउन ३१, २०७६ शुक्रबार ११:५२:१ | एजेन्सी
unn.prixa.net

भारतको जम्मू–कश्मीरलाई विशेष राज्यको भूमिका दिने संवैधानिक प्रावधानको खारेजीको विरोधमा बिहीबार प्रदर्शन भएको छ ।

लण्डनमा रहेको भारतीय उच्च आयोगको कार्यालयबाहिर कश्मीरको पछिल्लो राजनीतिक घटनाक्रमको विरोध र समर्थनमा प्रदर्शन भएको हो । लण्डनमा रहेको भारतीय उच्च आयोगको कार्यालयबाहिर दक्षिण एसियाली प्रवासीहरुको एउटा समूहले भारत सरकारले धारा ३७० खारेज गरेकोमा विरोध प्रदर्शन गरेका हुन् ।

बिहीबार भएको यस प्रदर्शनको आयोजना बेलायतमा रहेको कश्मीर काउन्सिलले गरेको थियो । विरोध प्रदर्शनमा छुट्टै स्वायत्त राज्य माग गर्दै आएका खालिस्तानी समहूसमेत थिए । भारत सरकारले संविधानको धारा ३७० खारेज गरेसँगै लण्डनमा रहेको भारतीय उच्च आयोगबाहिर धेरै पटक प्रदर्शन भैसकेको छ ।

त्यस्तै केही समर्थक भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो कदमको कश्मीरदेखि कन्याकुमारीसम्मका नागरिकले समर्थनमा खुसियाली मनाइरहेको भन्दै प्रदर्शनमा उत्रिएका थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया