पाकिस्तानले भारतीय कलाकार देखिने विज्ञापनमा प्रतिबन्ध लगायो

 साउन ३१, २०७६ शुक्रबार १८:१५:३२ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम निगरानी संस्था (पीईएमआरए) ले भारतीय कलाकार देखिने विज्ञापनमा प्रतिबन्ध लगाएको छ । भारतले जम्मू-कश्मीरको विशेष दर्जा हटाएको विरोधमा पाकिस्तानले यस्तो कदम उठाएको हो । 

पीईएमआरएले एक पत्र जारी गर्दै प्रतिबन्धको घोषणा गरेको हो । ‘डिटोल साबुन, सर्फ एक्सल पाउडर, प्यान्टिन श्याम्पू, हेड एण्ड सोल्डर, लाइफब्वाय, फग बडी स्प्रे, सनसिल्क श्याम्पू, नर नूडल्स, फेयर एण्ड लभ्ली फेसवासजस्ता उत्पादनको विज्ञापनमा प्रतिबन्ध लगाइएको छ’, पेमराले जारी गरेको पत्रमा भनिएको छ । 

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार पीईएमआरएको पत्रमा भनिएको छ– कैंयौ बहुराष्ट्रिय उत्पादन जुन भारतमा बन्दछन् या जुन विज्ञापनमा भारतीय कलाकार देखिन्छन्, जुन विज्ञापन विद्युतीय सञ्चारमाध्यममा प्रसारित भैरहेका छन्, सरकारले १४ अगष्ट (पाकिस्तानको स्वतन्त्रता दिवस) मा कश्मीरवासीमा एकजुट देखाइ भारतीय कलाकार देखिने विज्ञापन यी आधिकारिक नीतिको विपरीत छन् ।

‘यी उत्पादनका विज्ञापनमा दोस्रो विज्ञापनको प्रयोग गर्न सकिन्छ, जसमा भारतीय कलाकार हुँदैनन् । यदि यस्तो नभएमा आदेशको उल्लंघन गरेको मानिनेछ’, पत्रमा भनिएको छ । 

यसअघि पाकिस्तानले भारतीय चलचित्रको स्क्रिनिङमा रोक लगाउँदै पाकिस्तानको सिनेमाघरमा बलिउड चलचित्र नदेखाउने बताएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया