इंग्लिस प्रिमियर लिग : शनिबार ७ खेल हुँदै, म्यानचेस्टर सिटी र टोटनह्याम पनि खेल्दै

 साउन ३२, २०७६ शनिबार ११:४८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा शनिबार राति ७ ओटा खेल हुँदैछन् । सात खेलमध्ये डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी र टोटनह्याम हट्स्परबीचको खेललाई बढी महत्वका साथ हेरिएको छ । 

यी दुई टोलीलाई यो सिजनको उपाधिको दाबेदार पनि मानिएको छ । यी दुईबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे हुनेछ ।

उपाधिको दाबेदार अर्को टोली लिभरपुल भने साउथह्याम्टनको मैदानमा प्रतिस्पर्धा गर्दैछ । साउथह्याम्टन र लिभरपुलबीचको खेल राति पौने ८ बजे हुनेछ । पौने आठ बजे प्रिमियर लिगमा अरु चार खेल पनि हुँदैछन् । 

नर्विच सिटी र र न्यूक्यासल युनाइटेड, एभर्टन र वाट्फोर्ड, ब्राइटन एण्ड होभ अल्वियन र वेष्टह्याम युनाइटेड तथा एस्टन भिल्ला र बर्नमाउथबीचको खेल पनि पौने आठ बजे हुनेछ । 

त्यस्तै आर्सनल र बर्नले एफसी पनि शनिबार नै प्रतिस्पर्धा गर्दैछन् । यी दुई  टोलीको खेल आर्सनको मैदानमा साँझको सवा ५ बजे हुनेछ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया