जावलाखेल युथ क्लबका नवनिर्वाचित पदाधिकारीले लिए सपथ

 साउन ३२, २०७६ शनिबार १२:४१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – जावलाखेल युथ क्लब ललितपुरको नवनिर्वाचित पदाधिकारीले शनिबार सपथ ग्रहण गरेका छन् ।  गएको शनिबार भएको चुनावबाट चुनिएका पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापना भएको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा निर्वाचन समितिका संयोजक गोकुल खड्काले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ गराउनुभएको हो ।

जावलाखेल खेल मैदानमा भएको सपथ ग्रहण तथा पदभार कार्यक्रममा मेयर महर्जनले नवनिर्वाचित पदाधिकारी तथा क्लबसँग महानगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले जतिधेरै जित र उपाधि ल्याउन सक्यो त्यसैअनुसार सहयोग दिने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

चुनावबाट महेन्द्र क्षेत्री अध्यक्ष, किरोजसिंह बस्नेत, उज्ज्वल कर्माचार्य र समिर केसी उपाध्यक्ष, पवन गिरी महासचिव, कविर बस्नेत सचिव र महेश महत कोषाध्यक्षमा चुनिनुभएको छ । त्यसैगरी रवि खड्का, प्रदिप तण्डुकार, नरेश थापा, राजु बोगटी, निरज खड्का, सुनिल केसी र विकाश कार्की सदस्यमा निर्वाचित हुनुभएको छ ।

१४ सदस्य चुनावबाट चुनिएका र बाँकी ३ जना कार्यसमितिले मनोनित गर्ने निर्वाचन समितिका संयोजक खड्काले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया