बाढीमा एम्बुलेन्सलाई बाटाे देखाउने १२ वर्षीय बालक

 साउन ३२, २०७६ शनिबार १७:५:५० | एजेन्सी
unn.prixa.net

भारतको कर्नाटक राज्यका १२ वर्षीय एक बालकको भिडियो भाइरल भएपछि उनको निकै तारिफ भैरहेको छ । 

देवदुर्ग तालुका हीरेरायनकुम्पी गाउँका वेंकटेश नाम गरेका ती बालकले बाढी आएका बेला बीच पुलबाट एम्बुलेन्सलाई बाटो कटाउन सहयोग गरेपछि उनको हौसला र बहादुरीलाई लिएर चौतर्फी चर्चा भैरहेको छ ।

ती बालकले आफ्नो ज्यानको कुनै चिन्ता नगरी एम्बुलेन्सलाई बाटाे देखाएका थिए । एम्बुलेन्समा ६ जना बालबालिकासहित एक जना महिलाको शव थियो ।

भिडियो भाइरल भएपछि ती बालकलाई ७३ औँ स्वतन्त्रता दिवसको अवसरमा सहायक कलेक्टरले सम्मान पनि गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया