धनुषाबाट १५ किलो अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ

 साउन ३२, २०७६ शनिबार १६:४९:५४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - धनुषाबाट १५ किलो अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतकाे मधुवनी जिल्लाका २७ वर्षीय बन्धुकुमार सिंह छन् ।

उनलाई शनिबार दिउँसो धनुषाको औरही गाउँपालिका-२, देउरीबाट सशस्त्र प्रहरी बलको टोलीले जाँचका क्रममा पक्राउ गरेको हो ।

ज ८ प ९२३५ नम्बरको नेपाली नम्बर प्लेटको मोटरसाइकलको ट्यांकीमुनि  प्लास्टिकको पाँचवटा पोकामा चाँदीको बुनियादाना लुकाएर भारत तर्फ लाने क्रममा जाँच गर्दा पक्राउ गरिएको सशस्त्र बल प्रहरी धनुषाका उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार बरामद गरिएको चाँदी १० लाख ९३ हजार १ सय १० रुपैयाँ मूल्य बराबरको छ ।

बरामद गरिएको अवैध चाँदी र मोटरसाइकल सहित सिंंहलाई आवश्यक कारबाहीको लागि जनकपुर भण्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया