प्रिमियर लिग फुटबल : बर्नमाउथ, नर्विच र एभर्टन विजयी

 भदौ १, २०७६ आइतबार ७:५३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा एफसी बर्नमाउथ, नर्विच सिटी र एभर्टन विजयी भएका छन् । आइतबार राति भएको खेलमा बर्नमाउथले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दा एभर्टनले वार्टफोर्डलाई १–० र नर्विच सिटीले न्यूक्यासल युनाइटेडमाथि ३–१ गोलको जित दर्ता गरेका हुन् ।

बर्मिङघममा भएको खेलमा एस्टोन भिल्ला माथि बर्नमाउथले दोस्रो मिनेटमै अग्रता बनाएको थियो । उसका लागि पेनाल्टी मार्फत जोशु किंगले गोल गर्दै सुरुमै अग्रता दिलाए । 

पहिलो हाफकै १२ औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै वर्नमाउथलाई २–० को अग्रता दिलाउन सफल भए । यो अग्रता वर्नमाउथले ८२ मिनेटसम्म कायम गरेको थियो । ८३ औं मिनेटमा एस्टोनभिल्लाका लागि डगलस लुईजले एक गोल फर्काउँदै गोल अन्तर २–१ बनाए पनि हार भने टार्न सकेनन् ।

यस्तै अर्को खेलमा एभर्टनले वार्टमाथि १–० को जित निकालेको थियो । एभर्टनको जितमा १० औं मिनेटमा वर्नान्ड एन्सिकोले गोल गर्दै एभर्टनलाई स्पष्ट तीन अंक दिलाउन सफल भए ।

नर्विचले न्यूक्यासलमाथि ३–१ गोलको जित निकाल्दा टिमु पुक्कीले ह्याट्रिक गरेका थिए । उनले ३२, ६३ र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

यसैगरी ९३ औं मिनेटमा न्यूक्यासलका लागि जोन्जो सेल्भीले सान्त्वना गोल फर्काए ।यस्तै ब्राइटन र वेस्ट ह्याम भने एक एक गोलको बरारीमा रोकिए । 

पहिलो हाफ गोलरहित बराबरी खेले पनि ६१ औं मिनेटमा वेस्टह्यामका लागि जाभियर हर्नान्डेजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर यो अग्रता भने जोगाउन सकेन ।

ब्राइटनका लागि ६५ औं मिनेटमा लियोनार्दो टोसार्दले बराबरी गोल गरेका थिए । त्यसपछि थप गोल नभएपछि दुवै टिमले एक–एक अंक लिन बाध्य बने ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया