लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबत...
बैशाख ६, २०८१ बिहिबार
धादिङ – धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका– ३ पोखरा साँधनमा चट्याङ लागेर एक जना वृद्धाको ज्यान गएको छ ।
पोखरा गाउँ निवासी ६० वर्षीया धनकुमारी गुरुङको साँधनको जंगलमा ज्यान गएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक लिपक अधिकारीले जानकारी दिनुभयो ।
गोठालो जानुभएकी गुरुङ गाईवस्तुसहित घर फर्कन लाग्दा चट्याङ परेको थियो । चट्याङ लागेर गुरुङको घटनास्थलमा नै ज्यान गएको हो । गाईवस्तुलाई भने केही नभएको अधिकारीले बताउनुभयो ।