हराएका सामग्री खोज्न प्रहरीको छुट्टै शाखा

 भदौ २, २०७६ सोमबार ९:४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा – जिल्ला प्रहरी कार्यालय गोारखाले हराएका सामग्री खोजी गर्ने गरी छुट्टै इकाइ स्थापना गरेको छ । मोबाइललगायत हराएका सामग्री खोजी गरिदिनका लागि उजुरी आउने क्रम बढेपछि छुट्टै शाखामार्फत त्यसको ब्यवस्थापन गर्न थालिएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताउनुभयो । 

यही शाखाको सक्रियतामा हराइरहेका ४ थान मोबाइल र एक थान मोटरसाइकल फेला पारिएको उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर ती सामग्री सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले हराएका सामग्री खोजिदिन भन्दै प्रहरी कार्यालयमा निवेदनको चाङ लागेको बताउनुभयो । ‘सबै काम मुद्धा शाखाले गर्दै आएको थियो, पुराना रेकर्ड हेर्दै जाँदा २/३ वर्ष पहिलेदेखिका निवेदनको चाङ लागेको पाइयो’ अधिकारीले भन्नुभयो, ‘पीडितले प्रहरीलाई विश्वास गरेर निवेदन दिइसकेपछि त्यसको उचित सम्बोधन गर्नुपर्छ भनेर लागेर छुट्टै शाखा मार्फत खाजी सुरु गरिएको हो ।’ प्रहरीमा बढीजसो हराएका मोबाइल खोजिदिन निवेदन पर्ने गरेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया