महाकाली नदीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारी आवागमनमा रोक

 भदौ २, २०७६ सोमबार ९:१८:४४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव बढेको छ । चुरेलगायत कञ्चनपुरमा भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो ।

सोमबार बिहानको पछिल्लो मापन अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ३८ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ । 

नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले महाकाली पुल (शारदा ब्यारेज) मा चारपाङ्ग्रे्रे सवारीसाधानको आवागमनमा रोक लगाएको छ । 

महाकाली नदीमा पानीको बहाव एक लाख नाघेपछि पुलको सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले चारपाङ्ग्रे सवारीसाधानको आवागमनमा रोक लगाउदै आएको छ । 

नदीका पानीको बहाव बढेपछि तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया