न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
साफ यू १५ च्याम्पियनसीप खेल्न नेपाली युवा टोली भारत प्रस्थान गरेको छ ।
बुधबारदेखि भारतको पश्चिम बंगालमा रहेको कल्याणी रंगशालामा सुरु हुन लागेको प्रतियोगिता खेल्न नेपाली टोली काँकडभिट्टा हुँदै भारत प्रस्थान गरेको हो ।
इटहरीमा बन्द प्रशिक्षणमा रहेको नेपाली टोली उतैबाट गएको हो । नेपालले पहिलो खेलमा बुधबार भारतसँग प्रतिस्पर्धा गर्ने छ । भारत साविक विजेता समेत हो । प्रतियोगितामा नेपाल र भारतसहित बंगलादेश, श्रीलंका र भुटान गरि पाँच राष्ट्रको सहभागिता छ ।
सिंगल राउण्ड रोविन प्रणालीमा हुने प्रतियोगिताका शीर्ष २ टिमले उपाधि भिडन्त गर्नेछन् । सन् २०१३ बाट सुरु भएको यस प्रतियोगितामा नेपाल २ पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन ।