एभीसी सेन्ट्रल जोन मेन्स भलिबलमा साविक विजेता तुर्कमेनिस्तानको विजयी सुरुवात

 भदौ २, २०७६ सोमबार १३:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

एभीसी सेन्ट्रल जोन मेन्स भलिबलमा साविक विजेता तुर्कमिनेस्तानले विजयी सुरुवात गरेको छ । आर्मी कभर्डहल लगनखेलमा सोमबार भएको पहिलो खेलमा तुर्कमिनेस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट टाइ ब्रेकमा ३२–३२ तुर्कमिनेस्तानले अग्रता बनाएको थियो । तर दोस्रो सेटमा अफगानिस्तानले उत्कृष्ट पुनरागमन गर्दै २५–१६ ले आफ्नो पक्षमा सेट पारेको थियो ।

तेस्रो सेट पनि प्रतिस्पर्धात्मक बन्दा तुर्कमिनेस्तानले टाइ ब्रेकमा २७–२५ ले जित्दै २–१ को अग्रता बनायो । चौथो सेट पनि टाइ ब्रेकरमै २६–२४ ले आफ्नो पक्षमा पार्दै तुर्कमिनेस्तान पहिलो खेल जित्न सफल भयो ।

पाँचौं संस्करणको यस प्रतियोगितामा घरेलु टोली नेपालले साेमबार नै कीर्गिजस्तानसँग पहिलो खेल खेल्दैछ । प्रतियोगिता अघि अफगानिस्तानविरुद्धको २ मैत्रीपूर्ण खेल नेपालले जितेको थियो । त्यसपछि नेपाली टिमको आत्मविश्वास बढेको छ । घरेलु दर्शक र कोर्टमा जित हात पार्दै प्रतियोगितामा सुखद् सुरुआत गर्ने योजनामा नेपाली टोली रहेको छ ।

आजको खेलका कप्तान इमराना मगर पनि खेल्ने छन् । अफगानिस्तानविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा घाइते भएका उनी दोस्रो खेल गुमाएका थिए । नेपाल र कीर्गिजस्तानबीचको खेल अपरान्ह ४ बजे शुरुहुने छ । नेपाल र कीर्गिस्तानबीचको खेल अघि दिउँसो २ बजे प्रतियोगिताको उद्घाटन समारोह हुने छ ।

साेमबार साँझ ६ बजे बंगलादेश र उज्बेकिस्तान खेल्ने छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया