न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डौ – गएको आर्थिक वर्षमा नाफा कमाउन सफल बैंकहरुबीच लाभांश दिने प्रतिस्पर्धा सुरु भएको छ । नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिन बैंकहरु लागेका हुन् ।
सबैभन्दा धेरै नाफा कमाएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाफाबाट ३ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी लाभांश सेयरधनीलाई दिन सक्ने जनाएको छ । गएको आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ ।
गएको आर्थिक वर्षमा २८ वटा वाणिज्य बैंकले ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा बैंकहरूको खुद नाफा २४ दशमलव ५८ प्रतिशतले बढेको हो ।
कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि बैंकहरुको नाफामा उल्लेख्य वृद्धि भएको छ ।
वाणिज्य बैंकहरुका नाफा र लाभांश दिने क्षमता यस प्रकार छ :