एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता : पहिलाे खेलमै नेपाल किर्गिजस्तानसँग पराजित

 भदौ २, २०७६ सोमबार १७:२१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपाल पहिलो खेलमा नै पराजित भएको छ ।

साेमबार भएको खेलमा नेपाल किर्गिजस्तानसँग तीन-शून्यको सोझो सेटमा पराजित भयो । लगनखेलस्थित आर्मीको प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपाल किर्गिजस्तानसँग तीन-शून्यको सोझो सेटमा पराजित भयो ।

उपाधिको बलियो दाबेदार किर्गिजस्तानले नेपालमाथि सुरुवातदेखि नै दबाब बनाएको थियो । नेपाली टिमले पहिलो सेटमा खासै राम्रो खेल्न सकेन । जसका कारण नेपालले पहिलो सेट २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा पनि नेपाल २२–२५ ले पराजित हुन पुग्यो ।

नेपालको खेल हेर्न पुरै कोर्ट भरिभराउ रहेको थियो । दोस्रो सेटमा पनि नेपालको स्पाइक र रिसिभमा समस्या देखिएको थियो । पछिल्लो पटक किर्गिजस्तानविरुद्ध जित निकाल्न नसकेको नेपाल तेस्रो सेटमा भने पुरै दबाबमा देखियो ।जसका कारण एक समय नेपाल १७–२२ ले पछि परेको थियो ।

तर त्यसपछि नेपालले दुई अंक जोड्दै १९–२२ मा पुर्‍याएको थियो । तर अन्तिममा किर्गिजस्तानले २५–२२ ले जित्न सफल भयो । यो जितसँगै किर्गिजस्तान एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया