सिट संख्याभन्दा धेरै यात्रु राख्ने माइक्रोबस र टेम्पुलाई कारबाही

 जेठ ७, २०७५ सोमबार ७:४८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

सिट संख्या भन्दा बढी यात्रु कोचेर हिँड्ने सार्वजनिक गाडी धमाधम कारबाहीमा पर्न थालेका छन् ।

महानगरीय ट्राफिक प्रहरीले सिट संख्याभन्दा बढी यात्रु राख्ने गाडीलाई कारबाही अभियान चलाएको हो । अभियानको क्रममा पछिल्लो २४ घण्टामा २३३ गाडी कारबाहीमा परेका छन् । महाशाखाका अनुसार १९१ जना माईक्रोबस चालक र १९ जना टेम्पु चालक कारवाही परेका हुन् । 

यस्तै मिटर जडान भए पनि प्रिन्टर नराखेका ११ र मिटरमा हिँड्न नमान्ने १२ जना ट्याक्सी चालक पनि कारवाहीमा परेका छन् । आज पनि विहानैदेखि नियम नमान्ने गाडीलाई कारबाही भइरहेको ट्राफिक प्रहरीले जनाएको छ  ।

गृह मन्त्रालयले क्षमताभन्दा बढी यात्रु राख्नेलाई कारबाही गर्न निर्देशन दिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कडाइका साथ अभियान चलाएको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया