एभीसी सेन्ट्रल जोन भलिबल: अफगानिस्तानकाे पहिलो जित

 भदौ ३, २०७६ मंगलबार १७:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अफगानिस्तानले पहिलो जित हात पारेको छ ।

उद्घाटन खेलमा तुर्कमेनिस्तानसँग पराजित भएको अफगानिस्तानले बंगलादेशमाथि मंगलबार भएको पहिलो खेलमा ३–२ को सेटमा जित निकाल्यो । पहिलो सेटमा २५–२१ को जित दर्ता गरेको अफगानिस्तानले दोस्रो सेट भने गुमाएको थियो । दोस्रो सेटमा बंगलादेशले राम्रो कमब्याक गर्दै २५–१९ ले जित हात पार्दै सेट १–१ को बराबरीमा ल्याएका थिए । तेस्रो सेटमा पनि बंगलादेशले २५–१८ ले जित निकाल्दै २–१ को अग्रता बनाउन सफल भयो ।

चौथो सेटमा अफगानिस्तानले प्रतिस्पर्धात्मकरुपमा २५–२३ ले जित निकालेपछि खेलको नतिजा पाँचौँ सेटमा पुगेको थियो । पाँचौँ सेटमा भने अफगानिस्तानले बाजी मार्न सफल भयो ।

२ का विरुद्ध ६ अंक जोड्दै अग्रता बनाएको अफगानिस्तानमाथि बंगलादेशले अन्तिम समयसम्म दबाब कायम राखेको थियो । अन्तिममा बंगलादेशले पाँचौँ सेट १५–१२ ले सुम्पँदै पराजित भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया