यहाँका डाक्टरकाे सिफारिसमा नै प्रधानमन्त्री उपचारका लागि सिंगापुर जान लाग्नु भएकाे हाे : स्वास्थ्य मन्त्री

 भदौ ३, २०७६ मंगलबार १८:९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपप्रधानमन्त्री एंव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डाक्टरहरुको परामर्शकै आधारमा प्रधानमन्त्री उपचारका लागि सिंगापुर जान लाग्नुभएको स्पष्ट पार्नुभएको छ । 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावलीको परिच्छेद ८ बमोजिम प्रश्नोत्तरको कार्यक्रमअन्तर्गत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री यादवले प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकै सल्लाहमा उहाँको सिंगापुरमा उपचार गर्न लागिएको बताउनुभएको हो ।

नेपालमा धेरै रोगहरुको उपचार सम्भव भएको भए पनि केही जटिल अवस्थाका रोगका लागि बाहिर जानुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री पनि उपचारमा संलग्न चिकित्सककै पराशर्ममा सिंगापुर गएको र फेरि जाने क्रममा रहनुभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, 'नेपालमा धेरै रोगहरुको उपचार सम्भव छ । केही क्रिटिकल कण्डिसनमा बाहिर जानुपर्ने पनि हुन सक्छ । र प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारका लागि यहाँका डाक्टरले बाहिर नै रिफर गरिसकेको हुनाले बाहिर नै उपचार गराउँदा उचित हुन्छ । र उहाँ उपचारका लागि जानुभएको थियो र फेरि जाने क्रममा हुनुहुन्छ ।'

सांसद प्रेम सुवालले प्रधानमन्त्री स्वास्थ्योपचारका लागि सिंगापुर जानुभएको प्रसङ्ग उठाउँदै नेपालमा सबै रोगको उपचारको व्यवस्था गर्न सकिँदैन र  भनी पूरक प्रश्न गर्नुभएको थियो । जवाफमा उपप्रधानमन्त्री यादवले नेपालमा धेरै रोगको उपचार सम्भव भएको र भइरहेको बताउँदै यहीँका चिकित्सकको सिफारिसमा प्रधानमन्त्री उपचारका लागि सिंगापुर जानुभएको स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया