स्रोत नखुलेको लाखाैँ भारतीय रुपैयाँसहित दाङबाट पाँच जना पक्राउ

 भदौ ३, २०७६ मंगलबार १८:२२:३७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा प्रहरीले ठूलो मात्रामा स्रोत नखुलेको भारतीय रकमसहित मंगलबार पाँच जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा प्रहरीले भारतीय १५ लाख ८९ हजार पाँच सय ८० रुपैयाँसहित दुई महिला र तीन पुरुषसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कोहलपुर नगरपालिका वडा नं-२ प्रेमनगरका ४० वर्षीय शसे बिक, बारेकोट गाउँपालिका वडा नं-८ जाजरकोट का २७ का शिव सिंं, तुलसीपुर उपमहानगपालिका वडा नं-५ बरुवाकी २७ वर्षीया हिरा विक, त्रिवेणी गाउँपालिका वडा नं-९ का ४३ वर्षीय  प्रकाश केसी र कोहलपुर नगरपालिका वडा नं-२ की ३४ वर्षीया मनकुमारी खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तीमगरले जानकारी दिनुभयाे ।

पाँचै जनालाई लमही नगरपालिका वडा नं-९, जलकुण्डीमा बस चढ्ने क्रममा गरिएको उनीहरुबाट बरामद रकम बुद्धको मूर्ति भारतमा लगेर बिक्री गरेबापत आएकाे प्रारम्भिक बयानमा पत्ता लागेकाे प्रहरीले जनाएकाे छ । उनीहरुका बारेमा अनुसन्धान भइरहेकाे गरिरहेको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया