एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता : किर्गिजस्तान सेमिफाइनलमा

 भदौ ३, २०७६ मंगलबार २१:४६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा जारी एभीसी सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगिता समूह ए बाट किर्गिजस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको किर्गिजस्तानले मंगलबार माल्दिभ्समाथि जित निकाल्दै सेमिफाइनलमा विजेताको रुपमा स्थान पक्का गरेको हो ।

सेमिफाइनल पुग्ने दोस्रो टिमको तय भने नेपाल र माल्दिभ्सबीचको खेलबाट हुने छ । नेपाल र माल्दिभ्सले पहिलो खेलमा पराजय भोगेकाले बुधबार विजयी हुने टिम सेमिफाइनलमा प्रवेश गर्ने छ । यो समूहमा तीन टिम मात्रै भएकाले पनि कम्तीमा एक खेले जिते पनि सेमिफाइनल पुग्ने सम्भावना बनेको हो ।

मंगलबार राति भएको खेलमा माल्दिभ्स किर्गिजस्तानसँग ३–० को सेटमा पराजित भएको थियो । पहिलो सेट सहजै गुमाएको माल्दिभ्सले दोस्रो सेटमा भने कडा टक्कर दिएको थियो । पहिलो सेट २५–१५ ले जितेको किर्गिजस्तानले दोस्रो सेटमा भने निकै मिहेनत गर्नु परेको थियो ।

५ अंकले पछि परेको किर्गिजस्तानले दोस्रो सेट टाइ ब्रेकरबाट आफ्नो पक्षमा पारेको थियो । किर्गिजस्तानले २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा किर्गिजस्तान २५–१९ ले विजयी भयो । माल्दिभ्सविरुद्धको खेलमा जित निकाल्दै किर्गिजस्तान समूह ए बाट सेमिफाइनलमा पुगेको हो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया