एभीसी सेन्ट्रल जाेन भलिबल प्रतियाेगिता : अफगानिस्तानलाई हराउँदै उज्बेकिस्तान सेमिफाइनलमा

 भदौ ४, २०७६ बुधबार १७:१०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा जारी एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानलाई हराउँदै उज्बेकिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ ।

लगनखेलमा रहेकाे आर्मीको कोर्टमा भएको खेलमा उज्बेकिस्तानले अफगानिस्तानलाई ३-० को सोझो सेटमा हरायो । उज्बेक टिमले बुधबार अफगान टिमलाई २५–२३, २९–२७, २९-२७ ले हरायाे ।

उपाधिको बलियो दाबेदार टिम उज्बेकिस्तानले अफगानिस्तानविरुद्ध पहिलो सेटमा दबाब दिँदै २५–२३ ले जित्न सफल भयो । तर दोस्रो सेटमा भने अफगानी टिमले उज्बेक टिमलाई कडा प्रतिस्पर्धा दिन सफल भयो । सेटको अन्तिममा निकै कडा प्रतिस्पर्धा भएको थियो । जसका कारण सेट आफ्नो पक्षमा पार्न उज्बेक टिमले २९–२७ सम्म कुर्नुपर्यो ।

तेस्रो सेटमा भने अफगानी टिमले सुरुवातदेखि नै कडा प्रतिस्पर्धा दिएको थियो । उसले एक समय उज्बेक टिमसँगको अग्रता पाँच अंकमा पुर्‍याएको थियो । १३–८ को अवस्थामा रहेको थियो, तर त्यसपछि उसले लगातार अंक गुमाउदा सेट १६–१६ मा पुगेका थियो । तर अन्तिमसम्म कडा टक्कर दिएको अफगानिस्तानविरुद्ध उज्बेकिस्तानले २९–२७ ले जित्दै अन्तिम चारमा स्थान बनायो ।

आफ्नो अपराजित यात्रा कायम राख्दै उसले तीन खेलमा ६ अंक बनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया