बालाजु औद्योगिक क्षेत्रमा आगलागी

 भदौ ५, २०७६ बिहिबार १४:७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । 

बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार बिहान साढे ११ बजे आगलागि भएको हो ।  आगलागीबाट ४ वटा नया गाडी र एउटा मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी मर्मतको क्रममा रहेको सशस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ ।

प्राइम इन्टरटेक नेपालका कानुनी सल्लाहाकार सानु श्रेष्ठका अनुसार सशस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।

काठमाण्डौ महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया