अन्तर्राष्ट्रिय जुडो वरियतामा भाग लिन सोनिया भट्ट हङ्कङ प्रस्थान

 असार २७, २०७५ बुधबार १८:४२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय जुडो वरियताका लागि हङ्कङमा हुने एसियन कप क्याडेट एण्ड जुनियर च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली खेलाडी सोनिया भट्टलाई विदाई गरिएको छ ।

सातदोबाटामा रहेको राष्ट्रिय ओलम्पिक कमिटीमा बुधबार आयोजित कार्यक्रममा कमिटीका अध्यक्ष तथा सांसद जिवन राम श्रेष्ठले भट्टलाई विदाई गर्नुभयाे । 

भट्टका साथमा प्रशिक्षक सुनिता मगर पनि जानेछिन् ।

सोनियाले जुलाई १४ देखि १५ सम्म हङ्कङमा र २० देखि २२ सम्म मकाउमा हुने प्रतियोगितामा सहभागिता जनाउनेछिन् ।

यो प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकेमा सोनियाले जुडोको वरियता हासिल गर्नेछिन् । प्रतियोगितालाई युथ ओलम्पिक खेलकुदको तयारीका रुपमा पनि हेरिएको छ । 

अर्जेन्टिनामा अक्टोबरमा हुने युथ ओलम्पिकमा उनले वाइल्ड कार्ड मार्फत सहभागिता जनाउनेछिन् ।

दुई सदस्यीय नेपाली टोली भोली हङकङ प्रस्थान गर्नेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया