प्रदेश २ लोक सेवा आयोगको अध्यक्षमा प्राध्यापक यादव नियुक्त

 भदौ ५, २०७६ बिहिबार १८:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - प्रदेश २ सरकारले प्रदेश लोक सेवा आयोग अध्यक्षमा प्राध्यापक सुरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले बिहीबार सिराहाका प्रध्यापक यादवलाई अध्यक्ष पदमा चयन गरेको हो ।  

केही दिनअघि प्रदेश २ को प्रदेसभाबाट प्रदेश २ को लोकसेवा विधेयक पारित गरेको थियो । अब लोकसेवा आयोग अध्यक्षसमेत चयन भइसकेकाले प्रदेश सरकाले चाँडै भर्ना खोल्ने तयारी गरिरहेको छ । सिफारिस समिति सदस्यमा सभामुख सरोज यादव र प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल रहेका थिए  ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया