एभीसी सेन्ट्रल जाेन भलिबल प्रतियाेगिता : उपाधिका लागि उज्बेकिस्तान र किर्गिस्तान खेल्ने

 भदौ ५, २०७६ बिहिबार १८:५१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा जारी एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि उज्बेकिस्तान र किर्गिस्तान खेल्ने भएका छन् ।  

बिहीबार भएको सेमिफाइनल खेलमा उज्बेकिस्तानले माल्दिभ्सलाई ३-० ले हराउँदा किर्गिस्तानले पनि तुर्कमेनिस्तानलाई ३-० कै सोझो सेटमा पराजित गर्‍यो ।  लगनखेलमा रहेको आर्मीको कोर्टमा भएको सेमिफाइनलमा उज्बेकिस्तानले माल्दिभ्सलाई २५-२०, २५-१९ र २५-२१ को साेझाे सेटमा हरायो । 

एकतर्फी जस्तो बनेको  खेलको पहिलो सेटदेखि नै उज्बेकिस्तानले माल्दिभ्लाई दबाब दिन सुरु गरेको थियो । तुलनात्मक रुपमा कमजोर टिम मानिएको माल्दिभ्सलाई उज्बेकिस्तानले पहिलो सेटमा २५-२० ले हरायो । 

त्यसपछि दोस्रो सेटमा पनि उपाधिको दाबेदार मानिएको उज्बेकिस्तानले माल्दिभ्समाथि २५-१९ को जित निकाल्न सफल भयो । यो सेटमा पनि उज्बेक टिमले माल्दिभ्सलाई खेलमा फर्कने कुनै मौका दिएन । 

तेसो सेटमा झन् उत्कृष्ट खेल खेल्दै उज्बेकिस्तानले माल्दिभ्सलाई २५–२१ को सेटमा पाखा लगाउँदै उपाधिका लागि किर्गिस्तानसँगको भेट पक्का गर्‍यो ।

अब प्रतियोगिताको तेस्रो स्थानका लागि माल्दिभ्स र तुर्कमेनिस्तान खेल्ने छन् । यता समूह चरणबाट नै बाहिरिएको नेपालले पाँचौ स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । 

किर्गिस्तानले पनि तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । किर्गिस्तानले तुर्कमेनिस्तानलाई २५–१८, २५–१७ र २५–२२ को सेटमा हराएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया