डलरको भाउ बढ्यो, विदेशबाट पैसा पठाउनेलाई फाइदा

 भदौ ६, २०७६ शुक्रबार १३:४४:४४ | उज्यालो सहकर्मी

काठमाण्डौ – भदौ महिनाको पहिलो हप्ता अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढेको छ । हप्ताको पहिलो दिन आइतबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा थियो । सोमबार पनि डलर यही भाउमा कारोबार भयो ।

मंगलबार भनेर डलरको भाउ थोरैले बढेर खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा पुग्यो । बुधबार फेरि भाउ बढ्यो । बुधबार डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३ पैसा थियो ।

बिहीबार भाउ थोरैले घट्यो । बिहीबार डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा कायम भयो । हप्ताको अन्तिम दिन शुक्रबार फेरि डलरको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा तोकिएको छ ।

डलरको भाउ बढ्दा अर्थतन्त्रका अरु क्षेत्रमा असर परे पनि विदेशबाट पैसा पठाउनेलाई, पर्यटन र निर्यात क्षेत्रमा भने फाइदा पुग्छ ।

यो हप्ता डलरको भाउ :

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया