वडा सचिवविरुद्ध बलात्कार मुद्दा

 भदौ ६, २०७६ शुक्रबार १६:५५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

ओखलढुंगा– प्रहरीले बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका वडा नम्बर ६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको हो । नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताउनुभयो ।

त्यस्तै सुनकोशी गाउँपालिका–७, का वडा सचिवसमेत रहेका ४५ वर्षीय चेतबहादुर कट्वाल विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । भदौ १ गते २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया